+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

संगीतकार अर्जुन पोखरेलसँग विवाह वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १०:३०

नेपाली सांगीतिक क्षेत्रका स्थापित संगीतकर्मी हुन् अर्जुन पोखरेल । खासगरी नेपाली चलचित्रका लागि उनले थुप्रै लोकपि्रय गीत-संगीतहरु दिइसकेका छन् । गायकको रुपमा समेत दर्शकमाझ आइसकेका यी संगीतकारले संगीतबद्ध गरेका केही लोकपि्रय गीतहरुमा ‘तिमी रोएको पल तिमीलाई’, ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’, ‘सुन्छु तिमीले मलाई’, ‘ओई झुमा काले काले केटाले’, ‘भन्छु आज’, ‘तिम्रो आँखामा आँशुहेरी’, ‘साइबा हो साइबा’, ‘किन आजकल तिम्रो मन मैलो’, ‘मैले सोचेको जस्तै’, ‘आफ्नै जिन्दगी’, ‘रहर छ सँगै’, ‘पछि उमेर ठल्किन्छ’, ‘तिम्रो लागि म छु’, ‘मैले तिमिलाई मन पराको अवस्था हो’, ‘तिमी लाइटर म भाको चुरोट….’आदि अत्यन्त लोकपि्रय छन् ।

दर्जनौं नेपाली चलचित्रमा संगीत दिइसकेका संगीतकार पोखरेलले सुगम संगीतमा आधारित आधुनिक तथा लोक गीतमा पनि आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् । उनै संगीतकार पोखरेलसँग अनलाइनखबरको विवाह वार्ता :

अर्जुनजी, अहिले केमा व्यस्त हुनुहुन्छ ?

संगीतसँग सम्बन्धित कामहरुमा नै व्यस्त छु । कम्पोजिसन, एरेञ्जमेन्ट अनि रेकर्डिङको कामहरु चलिरहेको छ ।

अहिले चलचित्रका गीतमा व्यस्त हुनुहुन्छ कि आधुनिक गीतहरुमा ?

चलचित्र र आधुनिकमात्र होइन लोक गीत-संगीतका सर्जकहरु समेत विश्वासका साथमा काम गर्न आउनु भइरहेको छ । त्यसैले अहिले चलचित्र, आधुनिक, तथा लोक-गीत सिर्जनामा व्यस्त छु ।

कत्तिको जाडो लाग्छ तपाईंलाई ?

म गर्मीको तुलनामा जाडो अलि सहजै सहन सक्छु । मलाई गर्मी भन्दा जाडो मौसम नै मनपर्छ ।

अविवाहित हुनुहुन्छ, मंसिर महिनामै विवाहका थुप्रै लगनहरु पनि हुन्छन्, के छ योजना ?

मंसिर लागेदेखि नै मलाई विवाहको दबाब अलिक बढी नै हुन्छ घरबाट पनि र साथीभाइबाट पनि । लगन नहुँदा त लगन निकाल्नु पर्ने दबाब हुन्छ । झन् लगन नै भएपछि त विवाहका लागि दबाब ठूलो छ हजुर ।

अब त विवाह गर्ने बेला भएन र ?

भयो नि हजुर, किन नहुनु र ? अब गर्नुपर्छ भन्ने मलाई पनि भइरा’छ ।

कहिलेसम्ममा विवाह गर्नु हुन्छ होला ?

मिति त ठ्याक्कै यकिन छैन । तर, अब चाहिँ विवाह गर्नै पर्छ भन्ने निर्णयमा पुगेको छु ।

तपाईंको विवाहका लागि के कुराले रोकिरहेको छ जस्तो लाग्छ ?

विवाह हुनको लागि पहिलो कुरा त सोच हुनुपर्छ । सोच भएपछि खासै अरु कुराले नरोक्ला कि ?

विवाहका लागि कुनै तयारी चाहिँ गर्नु भएको छ कि छैन ?

तयारी नै चाहिँ गरेको छैन । तर, विवाह गर्ने सोच भएपछि तयारी गर्नलाई साथीभाइ, इष्टमित्र हुनुहुन्छ । तयारी पुरा फास्ट भइहाल्छ नी ।

मागी विवाह गर्दै हुनुहुन्छ कि प्रेम विवाह ?

मागी बिहे हुने सम्भावना प्रबल छ है ।

सांगीतिक क्षेत्रको व्यक्तिसँग विवाह गर्दै हुनुहुन्छ कि बाहिरको ?

माग्ने क्रममा कुन क्षेत्रको युवतीसँग कुरा मिल्छ, मन मिल्छ, मिल्नासाथ भन्छु है ।

विवाहपछिको जीवन कस्तो होला भन्ने अनुमान गर्नु भएको छ ?

आफू इमान्दार तथा विश्वासिलो भएर चल्ने हो भने जीवन झन् राम्रो हुन्छ भन्ने लाग्छ । यदि विश्वासको वातावरण भएन भने बिहेपछि मान्छेको जीवन दुखद् भएको देखेको छु ।

आफू जस्तै अविवाहित साथीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

कर-कापमा विवाह नगरौं । विवाहको लागि नभएर जीवनको महत्वपूर्ण साथीको हिसाबले विवाह गर्नुहोस् । आफ्नी जीवनसंगिनीलाई नै सबैभन्दा नजिकको साथी बनाउनुहोस् । त्यो पल साँच्चै मीठो होला भन्ने लाग्छ ।

अन्त्यमा, विवाह भन्ने कुरा हरेक व्यक्तिका लागि कत्तिको महत्वपूर्ण हो जस्तो लाग्छ ?

यो संसार जसले सृष्टि गर्‍यो, उसैले नै जोडी बनाएको छ । त्यसैले सभ्य समाजको सुरुवातसँगै औपचारिक हिसाबले नै जोडी हुनलाई विवाहको रुप लिएको हुनुपर्छ । त्यसैले विवाह पक्का पनि महत्वपूर्ण छ भन्ने मलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?