Comments Add Comment

अमिताभ लेख्छन्–‘मैले अवकाश लिनुपर्छ’

बलिउड नायक अमिताभ बच्चनले आफूलाई डाक्टरले आराम गर्न र कामबाट विश्राम लिन सुझाव दिएको उल्लेख गरेका छन् । उनले, ब्लग लेख्दै आफ्नो शरीरले आफूलाई अवकाश लिन भनेको उल्लेख गरेका छन् ।

अमिताभ अहिले चलचित्र ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । ब्लगमा उनी लेख्छन्–‘शान्ती, ताजाको सार । जाडोको अनुभुती, सफा आशाको हावा । बिहान ५ बजेपछि आराम । त्यहाँ ठूलो विनम्रता र मार्गमा सत्कारको आनन्द छ । सानो शहरको सरलता सर्वोच्च शासन गर्दछ ।’

अमिताभ अगाडि लेख्छन्–‘मैल अवकाश लिनुपर्छ । टाउकोले अरु केही सोचिरहेको छ र औलाले अर्को सोचिरहेको छ । यो एक सन्देश हो ।’

अमिताभको हातमा अहिले चलचित्रको अभाव नै छैन । उनी लगातार चलचित्रमा व्यस्त छन् । तर, उनलाई डाक्टरे आराम गर्न भनिरहेका छन् । उनी, चलचित्र ‘ब्रम्हास्त्र’को एक्सन दृश्यको छायांकनका लागि पोल्याण्ड जाने तयारीमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment