Comments Add Comment

फोस्टर्स लागर बियर अब नेपालमा

१३ मंसिर, काठमाडौं । राज ब्रुअरी प्रालिले आजदेखि नेपालमा औपचारिक रुपमाफोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फूर्ति प्रदान गर्दछ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वाषिर्क रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याईएको थियो ।

फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा वरफले बियरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ । फोस्टर्स वर्षैभरी पुनस्फूर्तिका लागि एकदम सही बियर हो ।

यस वर्षको प्रारम्भमा नै राजब्रुअरी प्रालिले विश्व प्रसिद्ध बियर निर्माता एबिइनबेभबीच विश्वका केही ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा एक विशेष साझेदार सम्बन्धि सम्झौता सम्पन्न भएको थियो । राजब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।

राज ब्रुअरी, जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा-वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्रीहुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ-आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन् ।

ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबिइनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ र ५०० भन्दा ज्यादा ख्याति प्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राह्माजस्ता ब्राण्डहरुको विविधतापूर्ण स्वादहरु उपलब्ध गराउने गर्दछ । यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् ।

राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर पि्रमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्तकम समयमा नै अभिन्न हिस्सा बनाएका छन् ।

अब, चाँडै नै नेपालले यहीं नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम, र फोस्टर्स गोल्ड साथसाथै एबिइनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरुबाट आयात गरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्दलिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment