+
+
Shares

विदेशी मुद्रा विनिमयका समस्यामाथि राष्ट्रबैंकको अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १७:१४

१३ मंसिर, नेपालगञ्ज । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले शुक्रबार विदेशी विनिमय कारोबारको विद्यमान व्यवस्था र समस्याहरुबारे अन्तरक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा नेपालगञ्ज क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरु, होटल, मनिचेञ्जर तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए ।

राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाको संयोजकत्वमा आयोजित कार्यक्रममा राष्ट्रबैंक विदेशी विनिमय व्यवस्थापन विभाग बालुवाटारका निर्देशक केशवबहादुर केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीले विदेशी मुद्रा तथा भारतीय मुद्रासँग सम्वन्धित कारोबारमा आइपरेका समस्याहरुका बारेमा वृहत छलफल गरे ।

समस्याको समाधानका लागि आवश्यक कदम चालिने राष्ट्र बैंकका अधिकारीले बताएका छन् । साथै बैंकरहरुले समेत झण्झटरहित तरिकाले नियमानुसार विदेशी मुद्राको कारोबार गर्नुपर्नेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?