+
+
Shares
पिपराको चुनाव :

८० वर्ष कटेका हजुरबा लाठी टेकेर मतदानस्थलमा

श्रवण देव श्रवण देव
२०७६ मंसिर १४ गते ११:१०

१४ मंसिर, महोत्तरी । महोत्तरीको पिपरामा गाउँपालिका अध्यक्षका लागि भइरहेको मतदानमा उत्साह देखिएको छ । मतदान स्थलमा ज्येष्ठ नागरिकहरु लठ्ठी टेकेर भोट दिन आएका छन् ।

पिपरा-६ स्थित आदर्श मावि मतदानस्थलमा ८५ वर्षका राजेन्द्र यादव लौरो टेक्दै उभिएका भेटिए ।

बिहान ११ बजेसम्मको स्थिति हेर्दा यहाँ शान्तिपूर्ण रुपमा मदतान भइरहेको छ ।

पिपरामा राष्ट्रिय जनता पार्टी, नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र सिके राउतको जनमत पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

यस गाउँपालिकामा यसअघि राजपाबाट विजयी गाउँपालिका अध्यक्षको निधन भएकाले उपचुनाव हुन लागेको हो ।

 

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?