Comments Add Comment

सागको उद्घाटनमा नेपालको झण्डा कमलबहादुरले बोक्ने

१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।

भोलि उद्घाटनको दिन हुने मार्चमा कमलबहादुरले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो । कमलको नाम बैकल्पिकमा थियो ।

तर नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment