
१५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । ४ वडाको मतगणना सकिँदा नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई झिनो मतले पछि पारेका छन् ।
जारी मतगणना अनुसार नेकपा उम्मेदवार प्रकाश राईले ४५७४ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिइरहेका छन् । राईले ५७ मत कम अर्थात ४५१७ मत हासिल गरेका छन् ।
धरान उपमहानगरपालिकाको १७, १८, १९ र २० वडाको मतगणना सकिँदा संघीय लोकतान्त्रिक राष्टिय मञ्च ले १६४ र संघीय समाजवादी १४३ मत पाएका छन् ।
अहिले उपमहानगरपालिकाको १६ वडाको मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4