Comments Add Comment

बागलुङका सबै मतपेटिका सदरमुकाम ल्याइयो, मतगणनाको तयारी

Photo Credit : फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । बागलुङको क्षेत्र नम्बर २ को प्रदेश (ख) को मतगणना केहीबेरमा सुरु गर्ने तयारी गरिएको छ ।

जिल्लाका सबै ४३ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र केहीबेरमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार, अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

२०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले विजयी बनेका थिए । कलेजोसम्बन्धी रोगका कारण उनको निधन भएपछि यो क्षेत्रमा पुनः चुनाव भएको हो ।

निर्वाचनमा २१ हजार चार सय अर्थात् ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए । यस क्षेत्रमा कुल ३५ हजार एक सय ८४ जना मतदाता छन् ।

यो निर्वाचन क्षेत्रमा नेकपाले आफ्नो उम्मेदवार नउठाएर राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गरेको छ । नेपाली कांग्रेसबाट जित शेरचन चुनावी मैदानमा छन् । निर्वाचनमा वाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment