Comments Add Comment

यी हुन् गुगल सर्च प्रयोग नगर्ने प्रविधि जगतका चर्चित व्यक्ति

गुगल सर्च विश्वको सर्वाधिक लोकप्रिय इन्टरनेट सर्च इन्जिन हो । इन्टरनेट चलाउने सबैजसोले गुगल प्रयोग गरेकै हुन्छन् भन्दा फरक पर्दैन ।

स्टाटिस्टाको एक रिपोर्ट अनुसार सर्च इन्जिन बजारमा गुगलको हिस्सा ९० प्रतिशत रहेको छ । गुगल सामु विंगलगायतका अन्य सर्च इन्जिनको उपस्थिति नगन्य जस्तै रहेको छ । तर दुनियाँमा यस्ता मान्छे पनि छन् जसले गुगल सर्च इन्जिन चलाउँदैनन् ।

गुगल सर्च इन्जिन प्रयोग नगर्नेमध्ये एकजना व्यक्ति हुन् माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सी ।

डोर्सीले हालै एउटा ट्विट गर्दै गुगल सर्चका प्रतिद्वन्द्वीहरूको प्रशंसा गरेका छन् ।

डोर्सीले ट्विटमा लेखेका छन्, ‘मलाई @DuckDuckGo मन पर्दछ । यो मेरो अहिलेको डिफल्ट सर्च इन्जिन हो । यसको एप पनि राम्रो छ ।’

डकडकगो सन् २००८ मा स्थापना भएको सर्च इन्जिन हो । यसले प्रयोगकर्ताका कुनैपनि व्यक्तिगत डाटाहरू आफुले संचित नगर्ने दाबी गर्दछ । यो वेबसाइटको होमपेजमा प्रष्टसँगै भनिएको छ, ‘हाम्रो गोपनीयता नीति सामान्य छ : हामीले तपाइँका कुनै पनि व्यक्तिगत जानकारीहरू संकलन गर्ने तथा शेयर गर्ने गर्दैनौँ ।’

साथै यसले प्रयोगकर्तालाई विज्ञापनमार्फत नपछ्याउने र आइपी एड्रेस पनि ट्रयाक नगर्ने दाबी गर्दछ । गत वर्षको अक्टोबरमा डकडकगो ले एक ट्वीट गर्दै आफ्नो सर्च इन्जिनमा दैनिक ३ करोड प्राइभेट सर्च हुने गरेको जनाएको थियो । उसका अनुसार दैनिक एक करोड सर्च पुग्नका लागि ७ वर्ष लाग्यो । त्यसको दुई वर्षपछि नै दैनिक २ करोड पुग्यो भने त्यसपछि एक वर्ष नपुग्दै ३ करोड पुगेको हो ।

यद्यपि गुगल सर्चमा हुने दैनिक ३ अर्ब सर्च संख्याको तुलनामा डकडक गोको ३ करोड संख्या निकै सानो हो । तर गुगल सधै आलोचित हुने गरेको गोपनियताको मामिलामा डकडकगो भने खरो उत्रिने गरेको छ ।

डकडक गोका प्रयोगकर्ताको संख्या भलै सानो छ । तर यसले ट्विटरका सीईओ ज्याक डोर्सीजस्ता हाइप्रोफाइल प्रयोगकर्ताको विश्वास आर्जन गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment