Comments Add Comment

साग खेलकुद हुने ठाउँमा वर्ल्डलिंकको फ्री वाईफाई

१५ मंसिर, काठमाडौं । काठमाडौं वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट नि:शुल्क उपलब्ध गराउने भएको छ ।

प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने गरी कम्पनीले सुविधा उपलब्ध गराउने भएको हो ।

वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।

यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको नि:शुल्क वाइफाइ उपलब्ध हुनेछ ।

वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वर्ल्डलिंकले नेपालका दुर्गममा समेत नि:शुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट नि:शुल्क इन्टरनेट चलाउँछन् ।

फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वर्ल्डलिंकले दुर्गममा नि:शुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment