+
+
Shares

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १६:०७

१५ मंसिर, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की रुपा शाही विजयी भएकी छन् ।

उनले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।

उपाध्यक्षका लागि राप्रपा संयुक्तका दीपबहादुर शाहीको पनि उम्मेदवार थियो । उनले १० मत पाएका छन् ।

विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन् । उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?