+
+

अक्षयको फिल्ममा ‘दुर्गावती’ बन्दै भूमी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १६:००

नायक अक्षय कुमारको सह–निर्माणमा चलचित्र ‘दुर्गावती’ बन्ने भएको छ । यो चलचित्रको हालै मात्र घोषणा गरिएको छ । नायक अक्षय कुमार सामाजिक संजाल मार्फत चलचित्र निर्माण हुन लागेको जानकारीदिएका छन् । जसमा, भुषण कुमार र अक्षयको लगानी रहनेछ । चलचित्रको शिर्ष भूमिकामा नायिका भूमी पेन्डेकरले काम गर्ने पक्का भएको छ ।

यो एक थ्रीलर चलचित्र हो । यो चलचित्रको छायांकन सन् २०२० को जनवरीबाट सुरु हुने बताइएको छ । चलचित्रलाई असोक जीले निर्देशन गर्दैछन् । बलिउडमा पछिल्लो समय नायिकालाई केन्द्रिय भूमिकामा राखेर चलचित्र निर्माण भैरहेका छन् । जसमा तापसी पन्नु, भूमी पेन्डेकर जस्ता नायिका अगाडि छन् ।

भूमीले नै अभिनय गरेको चलचित्र ‘पति, पत्नी और ओ’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?