Comments Add Comment

प्रधानमन्त्रीले आइप्याडमा हेरे १३औं सागको उद्घाटन

आठौं पटक डायलासिस, स्वास्थ्यमा सुधार

१५ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आठौं पटक डायलासिस गरिएको छ ।

आइतबार उनको आठौं डायलासिस गरिएको हो । मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो । त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो ।

उनको मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेको उनको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।’

प्रधानमन्त्री ओली आइतबार हिँडडुल पनि गरे । साँझपख भने अस्पतालको शैयामा बसेर १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment