Comments Add Comment

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाकाे जित

१६ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।

उपनिर्वाचनमा समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राप्रपा -संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत र राप्रपाका सुसुहाङ चेम्जोङले २८ मत पाएका छन् । उपनिर्वाचनमा १७९ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment