
धरान उपमहानगरपालिकाको मेयरमा विजयी तिलक राई र वडा नम्बर ७ को अध्यक्षमा विजयी जीवन सुवेदी । (दायाँ)
१६ मंसिर, सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिएका छन् ।
यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4