+
+

धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते ११:५०
धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राईलाई बधाई दिँदै नेकपाका प्रकाश राई

१६ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार  ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

विजयी तिलक राईलाई  नेकपाका पराजित उम्मेदवार प्रकाश राईले बधाइ दिएका छन् ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?