Comments Add Comment

सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ ।

कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।

तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् ।

पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment