Comments Add Comment

‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग पल र निराजन

निर्देशक दिवाकर भट्टराइले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । हुनत, चलचित्र बजारमा उनले नायिका दीपिका प्रसाँई र नायक आर्यन सिग्देलको जोडीलाई लिएर चलचित्र बनाउने चर्चा पनि नचलेको होइन ।

तर, दिवाकरले आर्यन र दीपिकाको जोडी भन्दा अगाडि अर्को एक चलचित्र बनाउने तयारी गरेका छन् । चलचित्रको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ । यो चलचित्रमा नायिका दीपिका प्रसाँई पहिले नै फाइनल थिइन् । अब, भने चलचित्रमा दुई कलाकारको प्रवेश भएको छ ।

चलचित्रमा नायक पल शाह र मोडल निराजन प्रधानले काम गर्ने पक्का भएको छ । नायक पल शाह चलचित्र ‘हृदयभरी’को छायांकनमा व्यस्त छन् भने उनले हालसालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकाएका छन् ।

दिवाकर र दीपिका भने यतिबेला अमेरिका पुगेका छन् । चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment