Comments Add Comment

बज्र इन्टरनेसनलकी छात्राले जितिन् अन्तरमावि वक्तृत्वकला

१६ मंसिर, काठमाडौं । २८ औं विश्व अपाङ्गता दिवस २०१९ को अवसरमा मेरुदण्डीय पक्षघात समूह नेपालको मुख्य आयोजनामा अन्तर मावि (कक्षा ११, १२) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रमका लागि गोकर्णेश्वर र कागेश्वरी मनोहराका प्याब्सन र एन प्याब्सन नगरसमितिले सहकार्य गरेका थिए ।

‘अपाङ्गता मैत्री समाज निर्माणमा हाम्रो दायित्व’ शीर्षकमासम्पन्न उक्त वक्तृत्वकला प्रतियोगितामा निजी तथा सामुदायिक गरी १२ वटा विद्यालय सहभागी थिए ।

कार्यक्रमको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापा र समापन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर थापाले अपाङ्गता मैत्री समाज निर्माणमा आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताए । मेयर चालिसेले आफ्नो क्षेत्रमा अपाङ्गतासँग नजिक रहेर काम गर्ने संघ-संस्थाहरु प्रशस्त भएकोमा आफूलाई गर्वसँगै जिम्मेवारीवोध पनि भएको बताए ।

वक्तृत्वकला प्रतियोगितामा बज्र इन्टरनेशनल कलेजकी मिनु तामाङ प्रथम भइन् । यस्तै, चामुण्डा माविकी रुपा पहाडी र आकासद्वीप विद्यालयका राम अधिकारीले क्रमशः द्वितीय र तृतीया स्थान हासिल गरेका थिए । विनसम इङ्लीस स्कुलका कविराज काफ्ले र भेनस पब्लिक स्कुलकी थोकर पेमा तामाङ्ले सान्त्वना पुरस्कार प्राप्त गरे ।

सो वक्तृत्वकलामा विजयी तथा सहभागी विद्यार्थी र विद्यालयलाई मेयर चालिसेले शिल्ड, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment