+
+
Shares

राष्ट्रिय संग्रहालयको विकासमा सहकार्य गर्ने नेपाल र ओमानवीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १८:५९

१६ मंसिर, ओमान । नेपाल र ओमानवीच दुई देशको सांस्कृतिक एवं संग्रहालयको क्षेत्रमा सहयोग आदान-प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ओमानको राष्ट्रिय संग्रहालयमा सोमबार आयोजित समारोहमा नेपालको राष्ट्रिय संग्रहालय र ओमानको सुल्तानत राष्ट्रिय संग्रहालयवीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा नेपालको राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठ र ओमान राष्ट्रिय संग्रहालयका महानिर्देशक जमाल बिन हसन अल मोसावीले हस्ताक्षर गरेका छन् ।
नेपालको संग्रहालयलाई सहयोग गर्नेबारे यो पहिलो सम्झौता भएको नेपाली दूताबासका अधिकारी बताउँछन् ।

‘राष्ट्रका लागि इतिहास सर्वथा महत्वपूर्ण हुन्छ, यो पहिलो सम्झौता भएकाले यसबाट नेपालको राष्ट्रिय संग्रहालयले प्राविधिक विकासका लागि सहयोग प्राप्त गर्न सक्छ’ सम्झौताको महत्वका बारेमा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘स्मार्ट संग्रहालय पर्यटकका लागि आकर्षण बन्न सक्छ । प्रदर्शनी, प्रशिक्षण र तालिमको आदान-प्रदान दुवै राष्ट्रका लागि लाभदायक हुन सक्छ ।’

सम्झौतापत्रमा दुई देशका म्युजियम सञ्चालनसम्बन्धी अनुभवहरु आदान-प्रदान गर्ने उल्लेख छ । त्यसैगरी, संग्रहालयमा कार्यरत कर्मचारीहरुलाई एकापसमा तालिमहरुको प्रवन्ध गर्ने, भ्रमणकर्ताहरुको सेवा एवं शिक्षामुलक कार्यक्रममार्फत सहयोगहरुको आदान प्रदान गर्ने विषयहरु समाविष्ट छन् । दुई देशवीच संस्कृति र सभ्यताहरुको प्रवर्द्धन गर्ने सम्झौतामा उल्लेख छ ।

सोमबार सम्पन्न हस्ताक्षर समारोहमा नेपाली राजदूत शर्मिला पराजुली ढकालका साथमा दूतावासका अन्य कर्मचारीहरूको सहभागिता थियो । समारोहमा नेपाल पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतमको पनि उपस्थिति थियो । ओमानका तर्फबाट त्यहाँको राष्ट्रिय संग्रहालयका अधिकारीहरु उपस्थित थिए ।

यसैवीच, मंगलबार ओमानको राष्ट्रिय संग्रहालयमा जयराम श्रेष्ठले नेपालको राष्ट्रिय संग्रहालयका बारेमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको दूताबासले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?