Comments Add Comment

प्रेम परियार अब नायक, समिक्षासँग ‘पर्खि बसे फर्कि आउँछु’

गायक प्रेम परियार अब चलचित्रको नायक हुने भएका छन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘पर्खि बसे फर्कि आउँछु’को शुभसाइत गरिएको छ । दाङको तुलसीपुरमा यो चलचित्रको शुभसाइत सम्पन्न भयो ।

राजबहादुर सानेको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन पनि दाङमै सुरु भएको छ । चलचित्रमा मुख्य कलाकारको रुपमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागर छन् । उनीहरुले शुभसाइत समारोहमा मुहुर्त सर्ट दिएका थिए ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज वीक कार्यकारी निर्माता छन् । यो चलचित्रलाई प्रेमकथामा निर्माण गरिने बताइएको छ । यम कान्त भण्डारी चलचित्रका निर्माता हुन् भने एकराज थाहा चलचित्रका सह–निर्माता हुन् ।

शारीरिक रुपमा कमजोर रहेकी एक यूवतीको टिनएजमा हुने रहर र जीवन संघर्षको कथालाई यो चलचित्रमा प्रस्तुत गरिनेछ । गायक परियारले आफूलाई सानैदेखि चलचित्रमा काम गर्ने रुची भएको र यो चलचित्रको कथा मन परेपछि काम गर्न तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment