+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मुआब्जा कम भएको भन्दै आरुघाट गाउँपालिकामा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १२:०१

१७ मंसिर, गोरखा । सरकारले निर्धारण गरेको मुआब्जा रकम कम भएको भन्दै आन्दोलनमा उत्रिएका आरुघाटवासीले गाउँपालिका कार्यालयमा ताला लगाएका छन् ।

बुढीगण्डकी सरोकार समितिको अगुवाइमा स्थानीयवासीले मंगलवार बिहान १० बजे आरुघाट गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । उनीहरुले आरुघाट बजार आज पनि बन्द गरेका छन् ।

केही दिन अनिश्चितकालका लागि बजार बन्द गरिने सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए ।

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेत बजारको मुआब्जा आइतबार राति निर्धारण गरिएको थियो ।

आनाको ५० हजारदेखि सात लाखसम्म मुआब्जा निर्धारण भएको छ । तर, उक्त मुआब्जा कम भएको भन्दै आरुघाटवासीले असन्तुष्टि जनाएका हुन् । ‘सरकारले सोचेर मुआब्जा निर्धारण गरेन, साह्रै कम भयो,’ खनालले भने, ‘वर्गीकरण पनि तरिका मिलाएर गरेनन् ।’

गाउँपालिका प्रतिनिधि र सरोकारवाला बीच छलफल हुने जानकारी गराउँदै उनले भने, ‘कुरा मिल्यो भने भइहाल्यो भएन भने आन्दोलनका कार्यक्रम घोषणा गरेर चरणवद्ध आन्दोलनमा जान्छौ ।’

आरुघाट बजार बन्द भएसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । यातायातका साधान पनि ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?