+
+
Shares

श्रृङ्खलाको विश्वास–‘अनुष्काले ‘मिस वर्ल्ड’को ताज जित्नेछिन्’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १२:०१

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा सहभागी हुन यतिबेला बेलायतमा छिन् । अनुष्काले विश्व सौन्दर्य प्रतियोगीताको ताज नेपाल ल्याउनेछिन् या के गर्नेछिन्, त्यो डिसेम्बर १४ मा थाहा हुनेछ ।

तर, ‘मिस नेपाल वर्ल्ड–२०१८’कि विजेता श्रृङ्खला खतिवडा भने अनुष्काले ताज घर भित्राउनेमा आशावादी देखिएकी छिन् । अनुष्काका लागि श्रृङ्खला लेख्छिन्–‘मलाई थाहा छ, यो धेरै नै चाडो हुनेछ तर मलाई अनुष्काले ताज घर भित्राउनेछिन् भन्ने महशुश हुन थालेको छ । यी स्मार्ट महिला हरेक गतिविधीमा चम्किएकी छिन् । अक्सफोर्ड यूनिभर्सिटीमा बोल्नका लागि उनलाई अडिसन चरणबाट चयन गरिएको थियो । अब, उनले शक्तिशाली रातो पोशाकमा हाउस अफ लड्र्समा एशिया महाद्धिपको प्रतिनिधित्व गर्नेछिन् ।’

श्रृङ्खला अगाडि लेख्छिन्–‘मलाई मेरो अनुभवले पनि के भन्छ भने, म तिमीलाई यो भन्न चाहन्छु कि यी अवसरहरु तिम्रा लागि विशाल छन् । तिमी सबैको आखामा परिसकेकी छौ ।’

अनुष्कालाई आफूले ‘हेड टू हेड च्यालेन्ज, मल्टिमिडिया’ लगायतको अवार्डको विजेताको रुपमा देखिसकेको श्रृङ्खलाले लेखेकी छिन् । अनुष्कालाई श्रृङ्खलाले रातो रंग तिम्रो हो समेत भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?