+
+
Shares

‘गो ब्याक इन्डिया’ भन्दै नेकपाका विद्यार्थीद्वारा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १७:३३

१७ मंसिर, बुटवल । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुटवलमा नेपाली भूमि फिर्ताको माग गर्दै बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

नेपालको भू–भागलाई भारतले नयाँ नक्सामा समावेश गरी सार्वजनिक गरेपछि त्यसको विरोधमा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीहरू मंगलबार प्रदर्शनमा उत्रिएका हुन् ।

बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको बिरोध र्याली ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । सडकमा बिद्यार्थीहरुले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक, कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित नाराबाजी गरे ।

कोणसभालाई सम्वोधन गदै अनेरास्ववियू जिल्ला कमिटि सदस्य लेखनाथ खनालले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपालको भूमि तत्काल नेपाललाईनै फिर्ता गर्न आग्रह गर्दौ अन्यथा नेपालीहरु पनि अब चुप लागेर नबस्ने बताए ।

सभालाई सम्वोधन गदै अनेरास्ववीयु जिल्ला कमिटी सहसचिव शेषकान्त पोखेरलले आफ्नो पार्टी सरकारमा भएपनि यस्तो संवेदनशील विषयमा आफूहरूले सँधै प्रतिपक्षको भूमिका निवार्ह गर्ने बताए । उनले भारतीय पक्षलाई आफनो नक्सा सच्याउन समेत माग गरे ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य नविन थापा सारु, अनेरास्वीयु जिल्ला कमिटी सदस्य तथा बुटबल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भरत अर्यालले भारतीय विस्तारवादको घोर निन्दा गर्दै अब यो प्रदशर्नमा सीमित नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने र भारतीय विस्तारवादलाई घुँडा टेकाउने दाबी गरे ।

रुपन्देहीमा यसअघि पनि नेपाली कांग्रेस, राजमो, नेककिपा, नेबिसंघ, अनेरास्विवियु लगायतले भारतले नेपाली भूमि मिचेकोमा निरन्तर बिरोध जनाउँदै प्रदर्शनमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?