Comments Add Comment

बाग्लुङ जिप दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

१७ मंसिर, काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका-७ भीमगिठेमा जिप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गहिरो दुःख व्यक्त गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनाको खबरले मर्माहत बनाएको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो पनि पढ्नुहोस बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत

देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटनाहरु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण हुँदै आएको भन्दै प्रचण्डले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी रहेको बताए ।

यो पनि पढ्नुहोस बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

अध्यक्ष प्रचण्डले उक्त दुर्घटनमा परी निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।

मंगलबार गुल्मीबाट बागलुङको निसिखोला जाँदै गरेको जिप बडिगाड गाउँपालिकाको भीमगिठेस्थित सडकबाट करिब ५ सय मिटर तल खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ ।

घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो

जिप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । स्थानीयका अनुसार बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment