Comments Add Comment

छापामा आज : प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण २ महिनापछि, अस्पतालबाटै सरकार र दल चलाउँदै

१८ मंसिर, काठमाडौं । साग खेलकुद प्रतियोगिता, गुल्मीमा भएको सवारी दुर्घटना र प्रधानमन्त्रीको स्वास्थ्य आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले ‘मिलिसेकेन्डले स्वर्ण’ शीर्षक दिएर एथ्लेटिक्सतर्फको १० हजार मिटर दौडमा एक मिलिसेकेन्ड अन्तरालले नेपाली खेलाडी सन्तोषी श्रेष्ठले स्वर्ण जितेको लेखेको छ । भारतकी कविता यादवलाई पछि पार्दै श्रेष्ठले चामत्कारिक जित हासिल गरेको विषयलाई सबैजसो दैनिक पत्रिकाले हाइलाइट गरेका छन् ।

नेपालमा जारी साग खेलकुद प्रतियोगितामा २३ स्वर्णका साथ नेपाल अग्रस्थानमा छ भने भारत १५ स्वर्णका साथ नेपाललाई पछ्याइरहेको छ ।

कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण कम्तीमा २ महिनापछि मात्रै हुने लेखेको छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेको छ । हाल उनले डायलाइसिस गराउँदै आइरहेका छन् ।

कान्तिपुरका अनुसार अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको हो । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले कान्तिपुरसँग भनेका छन् ।

त्यस्तै, अस्पतालबाटै प्रधानमन्त्री ओलीले सरकार र दल चलाउन थालेको अर्को खबर पनि लेखेको छ ।

अन्नपूर्णले नेपाल–भारत सीमा विवादलाई लिएर कूटनीतिज्ञबीच जुहारी चलेको लेखेको छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएको लेखेको छ । अन्नपूर्णले नेपाल–भारत सीमा विवादलाई लिएर कूटनीतिज्ञबीच जुहारी चलेको लेखेको छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment