Comments Add Comment

सडक विस्तारको क्रममा गोदावरीमा एक्स्काभेटर चालकमाथि आक्रमण

१७ मंसिर, काठमाडौं । सडक विस्तारको काम चल्दै गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिएका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा-समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको छ । उनलाई तुरुन्तै मेडिसीटी हस्पिटल लगिएकोमा थप उपचारका लागि बीएन्डबी लैजाने तयारी गरिएको समानान्तार जेभीका अच्युत खरेलले बताए ।

‘हामीले ३ किलोमिटर खण्डको ४ महिनामा सकिने काम पटक-पटक यस्तै अवरोधका कारण गर्न सकेका छैनौं ,’ उनले भने,’अब कामदारमाथि नै आक्रमण हुन थालेपछि काम गर्ने वातावरण झन बिग्रिन पुगेको छ ।’

सरकारले व्यवसायीले काम गरेनन् भनेर पेल्दै गर्दा आफूहरुलाई कार्यस्थलमा जान नै समस्या पर्न थालेको उनले बताए । प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभूति दिए र स्थानीयले सहयोग गरे ४ महिनामा काम सकाएर देखाउने उनले बताए ।

सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको यो हरिसिद्धी-गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटरमात्रै विस्तार गर्ने निर्णय भएको छ । त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

‘जब-जब हामी कामलाई गति दिन्छौं, तब यसखालका घटना हुन पुग्छन्,’ शर्माले भने,’सडक विस्तारको काममा स्थानीयले सहयोग गरिरहँदा पनि संघर्ष समितिका नाममा अन्य समूहले बढी अवरोध सिर्जना गर्ने गरेको छ ।’
उनले जनताको जायज मागलाई सरकारले सम्बाधेन गरिसकेको अवस्थामा विस्तारको काममा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् । काठमाडौंमा अघि बढ्न नसकेका थुप्रै विस्तारका आयोजनामा अवरोध हटाएर काम हुन थालेकाले सबैले सहयोग गर्नुपर्ने महानिर्देशक शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment