+
+
Shares

‘जयसभाई जोरदार’मा रणवीर सिंहको यस्तो गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १२:२०

बलिउडमा नायक रणवीर सिंहलाई हरेक चलचित्रमा फरक चरित्र निर्वाह गर्न सक्ने नायकको रुपमा चिनिन्छ । उनै, रणवीर सिंह अहिले चलचित्र ‘कविर खान–८३’मा काम गरिरहेका छन् । यो चलचित्रमा उनी कपिल देवको भूमिकामा काम गरिरहेका छन् ।

उनी, कपिल देवको बायोपिकमा काम गरिरहेको समयमा यशराज ब्यानरको ‘जयसभाई जोरदार’को घोषणा भयो । यो चलचित्रको छायांकन मंगलबारबाट सुरु भएको छ । चलचित्रको छायांकनको समयमा नायक रणवीर सिंहको गेटअप सार्वजनिक भएको छ । यो चलचित्रमा उनी गुजराती यूवकको भूमिकामा देखिदैछन् ।

जुंगा र छोटो कपालमा रणवीरको गेटअप आकर्षक देखिएको छ । भूमिकाको बिषयमा रणवीरले भनेका छन्–‘तपाई चार्ली चाप्लिनलाई हेर्न सक्नुहुन्छ । तपाइले अरुलाई हसाँउने क्रममा आफ्नो पीडा लुकाउन सक्नुपर्छ ।’

उनले, चलचित्रमा आफू यस्तै भूमिकामा देखिन लागेको सुनाए । आफूमाथि धम्की आएको समयमा पनि एउटा पात्रले कसरी अविश्वसनिय काम गरेर त्यसलाई किनारा लगाउँछ भन्ने बिषयमा चलचित्र बन्न लागेको रणवीरले बताए ।

उनले, यो भूमिकालाई आफ्नो करिअरको चुनौतीपूर्ण समेत भनेका छन् । यो चलचित्रलाई मनिष शर्माले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?