Comments Add Comment

एडिलेडमा नेपथ्य

Photo Credit : तेज वानेम

एडिलेड । अष्ट्रेलिया यात्रामा रहेको नेपाली लोक रक व्याण्ड नेपथ्य एडिलेड सहरमा पुगेको छ । नेपथ्यको यो यात्राको तेस्रो प्रस्तुति मंगलबार राति एडिलेडको एचक्यु कम्प्लेक्समा भएको हो ।

पछिल्लो समय नेपालीहरुको संख्या तीव्ररुपमा बढिरहेको एडिलेडको कार्यक्रम पनि भव्य भएको नेपथ्यले दावी गरेको छ ।

नेपथ्यले ‘आँगनैभरि हिउँ नै झरे’बाट आफ्नो प्रस्तुति सुरु गरेको थियो । त्यसपछि लगातार एकपछि अर्को गर्दै ब्याण्डका सदाबहार गीतहरु दुई  घन्टासम्म प्रस्तुत भएका थिए ।

कार्यक्रममा दर्शकलहरले प्रमुख गायक अमृत गुरुङ सँगसँगै गीत गाएर साथ दिएका थिए ।

दर्शकहरुले भरपुर साथ दिएपछि गायक गुरुङले अष्ट्रेलियामा आएर गीत गाउँदा पनि घरमै गाएको जस्तो अपनत्व महसुस भएको बताएका थिए । ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ त्यसैगरी त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्नेगरी आत्मीयता महशुस गराइरहेको हुन्छ,’ उनले भने ।

अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

एडिलेडको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यले अब पहिलोपटक अष्ट्रेलियाको बेग्लै टापुमा टेक्ने भएको छ ।

एन्टार्कटिक महादेस ९पृथ्वीकै पिँध०को नजिकै पर्ने अनि अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा पहिलोपटक यसपाला नेपथ्य पुग्दैछ । त्यस राज्यको राजधानी होबार्टस्थित तासमान हलमा डिसेम्बर ८ तारिखको बेलुकी नेपथ्यका लोकभाकाहरु घन्कने छन् ।

त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलार्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ ।

अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले डिसेम्बर १४ तारिखको बेलुकी आफूलाई प्रस्तुत गर्नेछ ।

यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको भब्य ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment