+
+
Shares

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १४:३९

१८ मंसिर, काठमाडौं । १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यबीच सो सम्झौता हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा भएको हो ।

यस सम्झौता संगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘हस्तकला क्षेत्रको संरक्षण र उन्नतिको लागी नबिल बैंक सधैं भरीतत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं ।’

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले भने, ‘नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५÷७६ घोषणा गर्न पाउँदा हामीलाई निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोशाहित भएका छौं ।’

नबिल बैंकले ९२ वटा शाखाहरु, १४२ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु सँगै अघि बढ्ने विश्वास राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?