+
+
Shares

नेकपाको निश्कर्ष : करकै कारण धरानको चुनाव हार्‍यौं

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १६:३८
उपनिर्वाचनमा मत माग्दै नेकपाका उम्मेदवार प्रकाश राई

१८ मंसिर, काठमाडौं । धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ ।

निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन परिचालन कमिटीको निश्कर्ष छ । करको दर तत्काल घटाउन उपमहानगर संसदीय दललाई निर्देशन दिइएको संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चुनाव भइसकेपछि नेकपाले किन करको दर घटाउन निर्देशन दियो त ? नेकपा नेता विजय राईका अनुसार अहिले वडा तहबाटै चुनावी हारको समीक्षा चलिरहेको छ । यसमा सबैको निष्कर्ष छ, मेयरको चुनाव हार्नुको प्रमुख कारण कर नै हो ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले हामी समीक्षाकै क्रममा छौं । तर चुनावी घरदैलोको क्रममा कर वृद्धि भएको धेरै मतदाताले उठाउनु भएको थियो र, मेयरको चुनाव हार्नुको प्रमुख कारण मध्ये एक कर नै हो भन्ने हाम्रो निश्कर्ष छ ।’

चुनाव अगाडि नै यो बुझ्न नसक्नु आफूहरुको कमजोरी भएको नेकपाका नेताहरुले बताएका छन् । धरानको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?