Comments Add Comment

छत्तीसगढ : शिविरमा जवानले चलाए अन्धधुन्ध गोली, ६ जनाको मृत्यु

काठमाडौं । छत्तीसगढको नारायणपुर जिल्लामा माओवादी प्रभावित भारत–तिब्बती सीमा प्रहरी बलको शिविरमा एक जवानले अन्धधुन्ध गोली चलाएका छन् । शिविरमा अन्धधुन्ध गोली चलाएपछि उनले आफूलाई नै गोली हानी आत्महत्या गरेका थिए । जुन घट्नाबाट उनीसँगै ६ जना जवान मारिएका छन् ।

नारायणपुर जिल्लाका एसपी मोहित गर्गले बीबीसीसँगको कुराकानीमा घट्नाको पुष्टि गरेका छन् । जिल्लाको काडेनर क्षेत्रमा अवस्थित शिविरमा बुधबार बिहान ८ बजेको समयमा एक जवानले अन्धधुन्ध गोली चलाएका थिए । घटनामा २ जना जवान गम्भीर घाइते भएका छन् । यी सबै जवानहरु भारत–तिब्बती सीमा प्रहरी बलको ४५ औं बटालियनका हुन् ।

स्थानीय प्रहरीले घटनाबारे आधिकारिक जानकारी दिँदै गोलीबारीका क्रममा मारिएका मध्ये दुई जवान हेड कांस्टेबल र चार कांस्टेबल हुन् ।

मारिनेमा हिमाञ्चल प्रदेशको बिलासपुरका महेन्द्र सिंह, पश्चिम बंगालका सुरजीत सरकार, पंजाबको लुधियानाका दलजीत सिंह, पश्चिम बंगालमा पुरुलियाको विश्वरूप महतो, केरलाको कोझीकोडका बिजिश कुमार छन् ।

प्रहरीका अनुसार पाँच जनालाई गोली हान्ने जवान मसुद–उल–रहमान हुन् । उनी पश्चिम बंगालको नादिया जिल्लाका थिए ।

घाइते जवानहरूमा केरलाको तिरुवनन्तपुरम जिल्लाका एसबी उल्ला र राजस्थानको नागौर जिल्लाका सीताराम दून छन् ।

अनुसन्धान अधिकारीका अनुसार आईटीबीपीको यो बटालियनमा पारस्परिक विवाद पछि मसूद–उल–रहमानले आफ्नै साथीहरुलाई गोली हान्ने हतियारको साथ स्वचालित हतियार प्रहार गरेका थिए । उनले अन्धाधुन्ध प्रहार गरेको गोली लागेर ५ जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

एसपी मोहित गर्गका अनुसार जवानहरुबीच गोलीबारी हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । यो घटना पछि, भारत–तिब्बती सीमा प्रहरी बलका वरिष्ठ अधिकारीहरू घटनास्थलको लागि प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment