Comments Add Comment

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल

१८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश यस क्षेत्रले गरेको बताएका छन् ।

आज राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने– औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सक्छ ।

उनले यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने भन्दै यस सम्बन्धलाई थप वलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उनले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गरे ।

उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने उनले बताए ।

उपाध्यक्ष ढकालले भने– श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आईपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजानुपर्छ ।

आफूहरु असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उनले बताए । श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी संगै अघि वढन तयार छौ– उनले भने ।

साथै ढकालले भरपर्दो श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि बताए । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नविर्सेको उनको भनाई थियो ।

उनले भने‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढी भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment