Comments Add Comment

कीर्तिमानी नीमा भन्छिन् : आफ्नै माटोमा स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् ।

बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् ।

‘सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई दबाब थियो,’ स्वर्ण जितेपछि उनले भनिन्, ‘तर मैले दबाब नलिएर आफ्नो ‘बेस्ट’ दिन्छु भनेर खेेलेँ । सोचे जस्तै खेल्न सकेँ, खुशी छु ।’

भारतमा भएको १२औं सागमा नेपालले जम्मा तीन स्वर्ण जित्दा एक नीमाको नाममा रहृयो ।

यो पनि पढ्नुहोस नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण

घरेलु भूमिमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको नीमाले सुनाइन् । ‘सारा नेपालीको अगाडि आफ्नै माटोमा टेकेर स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ । त्यो खुशी शब्दमा बयान गर्न सक्दिनँ,’ उनले भनिन् ।

उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् । ‘सफलताको श्रेय मेरो अभिभावकलाई दिन चाहन्छु । किनकी उहाँहरूले मलाई कहिल्यै रोक्नु भएन,’ उनले अघि भनिन्, ‘मेरो प्रशिक्षकहरूलाई यसको श्रेय जान्छ ।’

नीमाले नेपालका लागि अझै धेरै पदक जित्ने इच्छा रहेको सुनाइन् ।

यो पनि पढ्नुहोस …त्यसपछि मेरै नामको कोटा काटियो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment