Comments Add Comment

कमल थापा डेमोक्र्याटिक सम्मेलनमा सहभागी

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिकाको वासिंगटन डिसीमा आयोजित इन्टरनेसनल डेमोक्र्याटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् ।

प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गर्न बिहीबार सुरु सम्मेलनमा थापाको नेतृत्वको टोली सहभागी भएको हो ।

क्यानाडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परले उद्घाटन गरेको सम्मेलनमा ५५ देशबाट सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसैबीच, इन्टरनेसनल डेमोक्र्याटिक युनियनका अध्यक्ष तथा क्यानाडाका पूर्वप्रधानमन्त्री स्टेफेन र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment