Comments Add Comment

नीताको एक पल कसलाई ?

नायिका नीता ढुंगाना हिजोआज सामाजिक संजालमा रोमान्टिक देखिन थालेकी छिन् । उनको तस्वीर र शब्दले पनि यही कुरा बताउँछ । यसले, कतै नीता प्रेममा त परेकी छैनन् भन्ने अड्कल लगाउन पनि उनका फ्यानहरुलाई ठाउँ दिएको छ ।

नीताले फेसबुकमा रोमान्टिक मुडका तस्वीर राख्दै लेखेकी छिन्–‘जिन्दगीको २ पल, एक पल तिमीलाई आधा आधा’ । आखिर, नीताको जिन्दगीको २ पलमध्ये एक पल कसलाई होला ? यो उनले नै जान्ने कुरा भयो । तर, उनको रोमान्टिक मुडले धेरै कुराको बयान गरिरहेको हुन्छ ।

नीता अहिले आफ्नै होम प्रोडक्शनको चलचित्र ‘माया’को तयारीमा छिन् । बाहिरी ब्यानरका चलचित्रमा काम गरेर खासै फाइदा लिन नसकेकी नीतालाई ‘माया’माथि भरोसा छ ।

आमेष भण्डारीसँग ब्रेकअपपछि नीताको प्रेम चर्चा चलचित्र बजारमा सुनिएको छैन । तर, नीताको रोमान्टिक तस्वीर र त्यस्तै छनक दिने क्याप्सनले भने फेरि उनी प्रेममा रहेको अड्कल लगाउने ठाउँ प्रशस्त दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment