+
+
Shares

भुटानको अर्को सनसनीपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १५:५३

१९ मंसिर, काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानले अर्को सनसनपूर्ण जित निकालेको छ ।

बिहीबार भएको खेलमा भुटानले बलियो टोली माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । यसअघि भुटानले बंगलादेशलाई पनि हराएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भुटानले अग्रता लियो । उसका लागि ५५ औं मिनेटमा छिम्मी दोर्जेले गोल गरे । खेलको ८४ औं मिनेटमा फुब थिन्लेले अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा हाम्जा मोहम्मदले माल्दिभ्सका लागि गोल गरेपनि टोलीका हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?