 
																			१९ मंसिर, काठमाडौं । ओपोले डिसेम्बर १०का दिन चीनको शन्(चन्मा पहिलो ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्तअन्तर्गत आयोजित हुने ओपो डेले फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकाश पार्ने प्रयत्न गर्ने छ ।
फाइभजी, एआई, क्लाउड, बिग डाटा लागायत अन्य अत्याधुनिक प्रविधिको तिब्र बिकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने तिब्र सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविष्यपनि केलाउने प्रयत्न गर्ने जानकारी दिइएको छ ।
पछिल्लो बर्ष ओपोले आन्तरिकरुपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आरएण्डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेशणका बारेमा जानकारी दिएको थियो । सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरुका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधि लगायतका बारेमा गहन अन्तरक्रियापनि आयोजना गरेको थियो ।
पछिल्लो बर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै आपो ईन्नो डे, यस पटक वैश्विक मिडिया, बिश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।
यस बर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आईओटी लगायत कञ्जमर टेक्नोलोजिज्का क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धी प्रस्तुत गर्नेछ । कार्यक्रमले कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविष्यका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्चपनि प्रदान गर्ने छ ।
ओापो ईन्नो डेले उद्योगका विशेषज्ञहरु, पार्टनर्सहरु र अपिनियन लिडर्सहरु लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने ब्यापक परिवर्तन माथि प्रकाश पार्ने प्रयास पनि गर्नेछ । साथै, यो नवप्रबर्र्तनात्मक प्रदर्शनीले ओपोको अत्याधुनिक प्रविधिहरुको एकिकृत ईको सिस्टमका बारेमा ब्यापक प्रकास पार्दै विभिन्न प्रयोगका अवस्थाहरुमा तिनका उपयोगिताका बारेमा थप जानकारी प्रस्तुत गरिने छ ।
ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्यका बारेमा थप जानकारीका लागि आयोजना हुने उक्त सम्मेलन डिसेम्बर १०का दिन देखि सञ्चालन हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4