Comments Add Comment

करेन्ट लागेर दुई जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । नवलपरासी(पश्चिम) र पाल्पामा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवा का २५ वर्षीय जयहिन्द नाउँ र धादिङको रोलाङ गाउँपालिका-४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवास्थित आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका जयहिन्दको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

विसुन्केको भने पाल्पाको निस्दी गाउँपालिका-५ बेलौंजीखोलास्थित राष्ट्रिय प्रसारण लालीगुराँस सामुदायिक विद्युत प्राधिकरणको आयोजनामा मुख्य लाइन जोड्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment