Comments Add Comment

बलात्कृत बालिकाको उपचारमा अस्पतालको लापरवाही

१९ मंसिर, वीरगञ्ज । बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् ।

योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्‍याएका थिए । तर नारायणी अस्पतालले विभिन्न वाहना बनाएर उपचार नगरेको भन्दै अभिभावकले नेशनल मेडिकल कलेज पुर्‍याए ।

नेशनल मेडिकल कलेजले ‘पोलिस केस’ भएकोले सरकारी अस्पतालमै उपचार गराउन भन्यो । पछि फेरि उनीहरु नारायणीमै फर्केर आएका थिए । बालिकाका अभिभावक यसैगरि कहिले यता त कहिले उता भौतारिरहे ।

प्रहरी समेतको प्रयासमा पछि वीरगञ्ज हेल्थ केयर लगेर बालिकाको उपचार गरिएको थियो । ‘पोलिस केस त थियो तर पहिला बालिकालाई उपचारको खाँचो थियो । त्यसैले पहिला त्यसमा ध्यान दियौं’ वीरगञ्ज हेल्थ केयरका मेट्रोन भूमिका अधिकारीले भनिन् ।

घाउको शल्यक्रिया गर्नुको साथै अस्पतालले बालिकाको ‘भेजिनल स्वाब’ र कट्टु अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ । उपचारमा संलग्न चिकित्सक डा रमोला साहले शल्यक्रियापछि बालिकाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘बालिकाको बलात्कार भएको आशंका छ, मेडिकल जाँचलगायत आवश्यक अनुसन्धान शुरु गरेका छौं’ डिएसपी राठौरले भने ‘थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment