+
+
Shares

७१ वर्षे वृद्धले २४ हजारपटक फोन गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते ११:५७

फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् ।

करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा प्रदायक कम्पनीमा २४ हजारपटक फोन गरेका थिए ।

७१ वर्षका आकिटोसी ओकामोटो नामका व्यक्तिले हालै लगातार आठ दिनसम्म जापानको टेलिफोन सेवा प्रदायक कम्पनी केडीडीआईको टोल फ्री नम्बरमा लगातार फोन गरेका थिए ।

टेलिकम कम्पनीले आफूसँगको सम्झौताविपरीत काम गरेको गुनासो गर्न तथा टेलिकम कम्पनीका कर्मचारीमाथि फोनबाटै गालीगलौज गर्नका लागि उनले ८ दिनभित्रमा २४ हजारपटक फोन गरेका थिए ।

प्रहरीका अनुसार, ती व्यक्तिले टेलिकम कम्पनी आफूसँग माफी माग्न आउनुपर्ने अडान राखेका थिए । र, निरन्तर फोन गरेर सोही अडान देहोर्‍याइरहे ।

फोनले हैरान पारेपछि व्यवसायमा अवरोध गरेको अभियोग लगाउँदै पक्राउ गरिएको छ ।

स्मरण रहोस् वृद्धावस्थाको जनसंख्यामा वृद्धि भएसँगै जापानमा विभिन्न खाले सामाजिक समस्याहरू बढेको बताइन्छ । वृद्धवृद्धाहरूले चलाएका गाडीहरू धेरै दुर्घटनामा पर्ने गरेका तथा रेलवेका कर्मचारीहरूमाथि वृद्ध यात्रुहरूले दुर्व्यवहारका घटना पनि बढिरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?