+
+
Shares

कुमारी बैंकको नक्सालमा बन्ने भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १७:४२

१८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालमा बन्ने आफ्नो भवन शिलान्यास गरेको छ ।

शिलान्यासका निम्ति गरिएको भूमीपूजन कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न भएको हो ।

पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा सञ्जाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?