२० मंसिर, वीरगञ्ज । सामाजिक सञ्जाल ‘इमो’को प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पर्साको बहुदरमाई नगरपालिका-८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तेलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१५ की एक महिलालाई इमोमार्फत २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
तेलीले चिठ्ठामा परेको २५ लाख रुपैयाँ लिनको लागि अग्रीम सरकारी राजश्व तिर्नका लागि रकम बुझाउनु पर्ने भन्दै महिलालाई प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4