Comments Add Comment

नेपालले माल्दिभ्सविरुद्ध बराबरी गोल फर्कायो

२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ १-१ को गोलको बराबरीमा सकिएको छ ।

खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम गोल गरेका थिए ।

तर नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काए । नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment