+
+
Shares

मेक्सिकन वेभ, भाइकिङ क्लाप र नेपालको जित

चन्द्र आले/आर्यन धिमाल चन्द्र आले/आर्यन धिमाल
२०७६ मंसिर २१ गते २०:०१

२१ मंसिर, काठमाडौं । लामो समयपछि दशरथ रंगशाला दर्शकले भरियो । करिब १५ हजार दर्शकका अगाडि नेपालले माल्दिभ्सविरुद्ध पुनरागमन जित निकाल्यो ।

१३औं  दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा पुग्न नेपाललाई माल्दिभ्सविरुद्ध जित आवश्यक थियो । तर नेपालले सुरुमै गोल खाएको थियो ।

तर दर्शकको साथ पाएको नेपाली टोली रत्तिभर डगमगाएन र २-१ को जित निकाल्न सफल भयो ।

यसअघि नेपालले भुटान र श्रीलंकाविरुद्ध खेल्दा रंगशालमा दर्शक भरिएको थिएन । दर्शकले भरिएको रंशालामा खेल्ने नेपाली खेलाडीको चाहना शनिवार आएर पूरा भयो ।

दर्शकले मेक्सिकन वेभ, भाइकिङ क्लाप अनि हुटिङमार्फत खेल अवधिभर समर्थन गरिरहे । खेल सकिएपछि खेलाडीहरुले पनि  दर्शकसँग खुसी साटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?