
काठमाडौं । श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० ले हरायो ।
नेपालसँग ४-० ले हारेको भुटानले बलिया टोलीहरु बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । र पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा भुटानले १९ औं मिनेटमा छिमी दोर्जेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा त्यसलाई कायमै राखेको उसले ६९ औं मिनेटमा पेनाल्टी पायो, जसमा दावा छिरिङले कुनै गल्ती गरेनन् ।
खेलको ८९ औं मिनेटमा यासी दोर्जेले गोल गर्दै भुटानलाई ऐतिहासिक जित दिलाए ।
खेलपछि भुटानी प्रशिक्षक पेमा दोर्जीले भने, ‘हामी एकदमै खुशी छौं । खेलाडीहरुको आाखामा खुशीको आाश छ । हामी ऐतिहासिक फाइनल खेल्दैछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4