Comments Add Comment

फुटबलमा फाइनल पुग्न नेपाल र बंगलादेश भिड्दै, नेपालले बराबरी खेले पुग्ने

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।

नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ । बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागु हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ ।

अन्तिम समयमा भारत नआएपछि पुरुष फुटबलमा पाँच टिमले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment