Comments Add Comment

भारोत्तोलन खेलाडी कमल अधिकारीले सन्यास लिँदै

२२ मंसिर, पाेखरा। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले आइतबार सन्यास लिने भएका छन् । आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए ।

२००६ को सागमा स्वर्ण जितेका ४२ वर्षे अधिकारीले १३ औं सागमा भने काश्य पदक जितेका थिए । काश्य पदक लिएलगत्तै सन्यासको घोषणा गर्ने उनको तयारी थियो । त्यतिबेला आयोजकको आग्रहमा उनले सन्यासको घोषणा गरेनन् ।
यो पनि पढ्नुहोस जुत्तासँगै चिप्लियो कमलको स्वर्ण सपना !

पोखरा माटेपानीस्थित केसी क्याटरिङमा भइरहेको भारोत्तोलन अन्तर्गतका सबै खेल आइतबार सकिँदैछन् र, खेल समापनसँगै उनले पनि सन्यासको घोषणा गर्ने भएका छन् ।

भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने कमल एक्ला खेलाडी हुन् । २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२ औं सागमा उनले भाग लिएका थिएनन् ।

नेपालमा जारी १३ औं सागको उदघाटन समारोहमा नेपाली खेलाडीहरुको नेतृत्व गर्दै कमलबहादुरले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment