
शुक्रबारदेखि भारतमा २ वटा आशातित चलचित्र रिलिज भएका छन् । जसमा कमेडी प्रेम कथामा तयार भएको चलचित्र ‘पति, पत्नी और ओ’ र ऐतिहासिक कथामा निर्माण भएको चलचित्र ‘पानीपत’ छन् ।
बक्स अफिसमा दुबै चलचित्रले एक अर्कालाई टक्कर दिने अपेक्षा गरिएको थियो । तर, शुक्रबारको ओपनिङमा कातिक आर्यन, भूमी पेन्डेकर र अनन्या पाण्डे अभिनित चलचित्रले संजय दत्त, अर्जुन कपुर र कृति सेनन अभिनित चलचित्रलाई धेरै पछि पारेको छ ।
ऐतिहासिक कथामा बनेको ‘पानीपत’ले शुक्रबार ४.१२ करोडको मात्र ओपनिङ गरेको छ । चलचित्रलाई मिश्रित प्रतिक्रिया मिलेको छ । यसैले, बक्स अफिसमा उछाल आएन भने चलचित्र असफल हुने पक्का छ ।
यता, नायक कातिक आर्यनको स्टारडम बक्स अफिसमा चम्किएको छ । शुक्रबार यो चलचित्रले ९.१० करोडको ओपनिङ गरेको छ । यो कातिक आर्यनको करिअरको सबैभन्दा उच्च ओपनिङ हो ।
बक्स अफिसमा ‘पानीपत’लाई धेरै पछि पार्दै यो चलचित्र अगाडि जाने संकेत देखिएको छ । नेपालमा भने ‘पानीपत’ रिलिज भएको छैन ।
प्रतिक्रिया 4