Comments Add Comment

गुल्मीमा ४५ जना वृद्धवृद्धालाई न्यानो कपडा

२२ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आइतबार न्यानो कपड़ा र खाद्यान्न वितरण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना वृद्धवृद्धाहरुलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।

रुरु क्षेत्रमा सञ्चालित २ वटा आश्रमा बस्दै आएका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भला गरी प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले न्यानो कपडासँगै खाद्यान्न हस्तातरण गरेका हुन् ।

घर परिवारबाट हेला भएका र विभिन्न कारणले आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाद्यान्न सामाग्री हस्तातरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

आश्रमका वृद्धवृद्धाहरुलाई ब्लाङकेट, खाद्यान्न सामाग्री र नगद प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । चिसोमा वृद्धवृद्धाहरुलाई बस्न खानाका लागि सहजहोस भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताए ।

रुरु क्षेत्रमा रहेका मानव कल्याण वृद्धा आश्रममा १५ जना र रिषीकेश मन्दिर आश्रममा ३० जना वृद्ध महिलाहरु बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment